छैठौं आदिवासी जनजाति महाेत्सव पुस २४ गतेदेखि दमाैलीमा हुने

छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महाेत्सव-२०८२ हुने भएकाे छ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँकाे आयाेजनामा पुस २४ गतेदेखी माघ ५ गतेसम्म महाेत्सव गर्न लागिएको हाे ।  व्यास  नगरपालिका ३ स्थित खुला मैदानमा महाेत्सव गर्न लागिएको साेमबार दमाैलीमा आयाेजीत पत्रकार सम्मेलनमा आयाेजकले जानकारी गराएको हाे।

महाेत्सवमा १५० स्टल रहने, लण्डन ब्रिज, विद्यालय स्तरीय नृत्य प्रतियोगिता, ममी आईडल लगायतका विभिन्न प्रस्तुति सहितकाे माैलिक महाेत्सब गर्ने आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् तनहुँका अध्यक्ष सनम तामाङले बताए । महाेत्सवमा आम्दानी ७३ लाख, खर्च ५८ लाख गरि १५ लाख बचत हुने अपेक्षा रहेकाे अध्यक्ष तामाङले बताए । ३ लाख दर्शकले महाेत्सवकाे अवलाेकन गर्ने आयाेजककाे दाबी छ ।
महाेत्सवमा चर्चित गायक बद्री पंगिनी, प्रिति आले, प्रकाश सपुत, एलिना चाैहान, बबिना किराती लगायतका कलाकारकाे सहभागीता रहनेछ । कला संस्कृति भाषाकाे संरक्षण गर्न जीवन्त संङघ्रालय निर्माण गर्ने महाेत्सव गर्न लागिएकाे जनजाति महासंघ तनहुँका पुर्व अध्यक्ष  हरिसिंह गुरूङले बताए।

भाषा, लिपि, धर्म, संस्कृति, सभ्यताको जगेर्ना र हस्तान्तरणमा एक्यवद्धता ! खुला जीवन्त साँस्कृतिक सङ्ग्रहालय निर्माण, पर्यटन विकासमा प्रतिवद्दता  भन्ने नाराका साथ महाेत्सव गर्न लागिएको आदिवासी जनजाति महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष शिद्दान्त थापा मगरले बताए ।

विगतमा विपि वन बाटिका खेल मैदानमा महाेत्सव हुने गरेपनि यसपटक व्यास ३ खुला मैदानमा महाेत्सव हुने आयाेजकले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?