दमौली। नमस्ते देउराली युथ क्लबले तिहारको अवसरमा देउसी भैलो खेलेर संकलित रकमबाट विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। व्यास नगरपालिका वडा नं. ३ स्थित शिव पाञ्चायन माध्यमिक विद्यालयका नर्सरीदेखि कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई स्विटर र टोपी वितरण गरिएको हो।
क्लबका प्रतिनिधि अशोक थापाका अनुसार जाडो मौसमका कारण चिसोले पठनपाठनमा असर नपरोस् भन्ने उद्देश्यले विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरिएको हो।
विद्यालयका प्रधानाध्यापक तोया गिरीले विद्यालय परिवार र अभिभावकको तर्फबाट सहयोगप्रति आभार व्यक्त गरे। त्यस्तै स-प्रधानाध्यापक हेमलाल घिमिरेले जाडो याममा विद्यार्थीलाई न्यानो कपडाको आवश्यकता हुने मर्मलाई बुझी सहयोग गरिएकोमा क्लबप्रति धन्यवाद व्यक्त गरे।
नमस्ते देउराली युथ क्लबले यसअघि पनि विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रूपमा सहयोग गर्दै आएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?