काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरुले समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाएका छन् ।
निर्वाचन आयोगले तोकेअनुसार कांग्रेस, एमाले, नेकपा लगाएत पुराना दलका साथै नयाँ दलहरुले आफ्नो दलको समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरेका हुन् ।
निर्वाचन कार्यक्रमअनुसार आइतबारदेखि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन सुरु गरेका थिए । समानुपातिकतर्फको बन्द सूचीका बारेमा पुस १५ देखि २० गतेसम्म छानबिन गरिने आयोगले जनाएको छ ।
माघ २० गते अन्तिम सूची प्रकाशन गरिने आयोगको कार्यतालिका रहेको छ । निर्वाचन आयोगले २१ फागुनमा प्रतिनिधिसभा निर्वाचन हुने तय गरेको छ र त्यसका लागि तयारी समेत तीव्र पारिएको छ ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?