रवि बालेन र कुलमानलाई मिलाएरै छोड्यौँः सुदन गुरुङ

जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमान चुनाबमा सँगै मिलेर जान तयार भएको बताएका छन् । उनले रवि र कुलमासँगको फोटो सार्वजनिक गर्दै तीन जनालाई मिलाएरै छोडेको उल्लेख गरेका छन् ।

उनले यो यसलाई इतिहासले सम्मझने दावी समेत गरेका छन् । उनले लेखेको छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’

आज रवि, बालेन कुलमानबीच कमपोखरीमा सहमति जुटेको बताइएको छ । उनीहरुबीच सहमतिमा हस्ताक्षरको तयारी भईरहेको छ ।

May be an image of one or more people and text that says 'Sudan Gurung 16m … Lets celebrate Nepal B We did it.... हाम्रो राष्ट्रको লাगি, हाम्रो भविष्यको লাगि, हाम्रो देशको लागि मिलायरेई छोडिम र इतिहासले सम्झनेछ। रबी बालेन र कुलमान चुनावमा सँगे लइनेछन।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?