दमौली — व्यास नगरपालिकाको नियमित नगर कार्यपालिका बैठक नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको छ। बैठकमा नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो।
बैठकले अघिल्लो कार्यपालिका बैठकका निर्णयहरू र नगरपालिकाबाट प्रवाह हुँदै आएका सेवाको समीक्षा गरेको छ। साथै, आगामी फागुन २५ गते बस्ने ४४ औँ नगरसभामा पेस गरिने आर्थिक विधेयक, विनियोजन विधेयक तथा व्यासनगर वन सम्बन्धी विधेयकसहित आवश्यक ऐन संशोधन प्रस्तावहरू पारित गरिएको छ।
यस्तै, आर्थिक वर्ष २०८२/०८३ का लागि आय–व्ययको संशोधित प्रस्ताव नगरसभामा पेस गर्ने निर्णय गरिएको छ। प्रमुख प्रशासकीय अधिकृतमार्फत प्रस्तुत संगठन संरचना संशोधन प्रस्तावलाई पनि स्वीकृत गर्दै नगरसभामा पेस गर्ने निर्णय बैठकले गरेको छ।
नगर शिक्षा समितिबाट पारित भई आएको विद्यालय शिक्षक तथा कर्मचारी दरबन्दी मिलान प्रतिवेदन, शिक्षक अध्ययन विदा सम्बन्धी प्रस्ताव तथा नगर शिक्षा शाखाबाट प्रस्तुत विषयहरू संशोधनसहित पारित गरिएको जानकारी दिइएको छ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?