दमौली, २३ पुस । तनहुँ उद्योग वाणिज्य संघ अन्तर्गतको दमौली बजार इकाईको नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ । बुधबार राति सम्पन्न मतगणनाअनुसार इकाई सभापतिमा शेषराज श्रेष्ठ विजयी भएका छन् ।
कुल खसेको ४२२ मतमध्ये श्रेष्ठले २३५ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी अन्जु दाहालले १८१ मत प्राप्त गरिन् । इकाईमा रहेका ६५५ मतदातामध्ये उल्लेख्य सहभागितासहित मतदान सम्पन्न भएको थियो ।
पटक–पटक सहमतिका प्रयास भए पनि सभापति पदमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रिया अपनाइएको थियो । अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
इकाई उपसभापतिमा नारायण मल्ल र कोषाध्यक्षमा युवराज भण्डारी सर्वसम्मत निर्वाचित भएका छन् । यस्तै, इकाई सदस्यहरूमा अलि मिया, बलराम वाग्ले, दीपक राई, गोविन्द बराली, मिलनराज न्यौपाने, नविन पुरी, नारायण सापकोटा, पूर्णबहादुर विक, पुरुषोत्तम पौडेल, प्रेमकुमार श्रेष्ठ, राजकुमार श्रेष्ठ, राजु गोशली, सुनिल अधिकारी र सुमिन मल्ल सर्वसम्मत रूपमा चयन भएका छन् ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?