तनहुँ क्षेत्र नं १ मा उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, तनहुँले उम्मेदवारी दर्ता भएका राजनीतिक दलका उम्मेदवारहरुलाई सम्बन्धित दलको आधिकारिक चिन्ह तथा स्वतन्त्र उम्मेदवारहरुलाई तोकिएको निर्वाचन चिन्ह प्रदान गरेको हो।

निर्वाचन चिन्ह प्राप्त भएसँगै उम्मेदवारहरुले आ–आफ्नो चुनावी प्रचारप्रसारलाई तीव्र बनाउने तयारी थालेका छन्। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै उम्मेदवारहरुलाई निर्देशन दिएको छ।

No description available.

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?