दमौली : दमौलीमा जारी छैटौँ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सवमा मंगलबार चर्चित राष्ट्रिय कलाकार प्रकाश सपूतको प्रस्तुतीले दमौली तात्तिएको छ ।
सकम्बरी , दोहोरि ब्याटल,गलबन्दी, बसन्त लगाएतका गीत गाउँदै गर्दा दर्शकहरु खुसी हुँदै नाचेर साथ दिएका थिए ।
महोत्सवमा आदिवासी जनजातिका विशेष प्रस्तुति, सांस्कृतिक प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, कौराहा तथा लोकदोहोरी , रमाइलो मेला, कृषि प्रदर्शनी, स्थानीय परिकार, हस्तकला सामग्रीका स्टल, मुख्य आकर्षणको रुपमा रहेको आयोजकले जनाएको छ ।
महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?