काठमाडौँ । सम्पर्कविहीन रहेको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण गरेको अवस्थामा भेटिएको छ ।
हेलिकप्टर अपर लाप्चे गुम्बा नजिक रहेको हेलिप्याडमा सुरक्षित अवतरण भएको अवस्थामा भेटिएको छ । हेलिकप्टरमा रहेका पाइलट र ५ जना यात्रु सकुशल रहेका छन् ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार काठमाडौंबाट दोलखातर्फ उडेको मुस्ताङ एयरको नाइन एन–एएनओ कलसाइन भएको हेलिकप्टर मध्याह्न १२:४५ बजेदेखि सम्पर्कविहिन भएको थियो । उक्त हेलिकप्टर दोलखाको बिगु गाउँपालिका–१ लुम्नाङबाट उडेर लाप्त्चेतर्फ जानेक्रममा सम्पर्कविहीन बनेको थियो ।














यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?