शुक्लागण्डकी महोत्सवमा शनिबार पल शाह आउने

तनहूँ- शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा जारी पाँचौ शुक्लागण्डकी महोत्सवमा भोलि शनिबार चर्चित अभिनेता पल शाह आउने भएका छन।

बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको खुल्ला चौरमा आयोजित महोत्सवमा अभिनेता पल शाहको उपस्थितिले युवापुस्तामा उत्साह थप्ने अपेक्षा गरिएको छ।

उनी हाल नेपाली फिल्म क्षेत्रमा निकै लोकप्रिय कलाकारका रूपमा चिनिन्छन् र उनका फ्यानहरू महोत्सवमा उल्लेख्य रूपमा सहभागी हुने अनुमान गरिएको छ।

आर्थिक समाजिक खेलकुदको विकास, कृषि तथा पर्यटनको प्रवद्धन, शुक्लागण्डकी महोत्सव कला सिप र संस्कृतिको संरक्षण भन्ने मुल नाराका साथ जारी महोत्सव चैत १७ गते सम्म चल्ने छ ।महोत्सवमा राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रालाई समावेश गरिएको आयोजकले जनाएको छ । साथै पालिकास्तरीय भलिबल प्रतियोगिता, रत्यौली प्रतियोगिता, कौरा नृत्य, विद्यालयस्तरीय नृत्य प्रतियोगिता समावेश गरिएको श्रेष्ठले जानकारी दिए । यसपटक टिकटक र रिल्स प्रतियोगिता समेत आयोजना गरिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?