दमौली – व्यास नगरपालिकाले आगामी शैक्षिक सत्र २०८३ का लागि महत्वपूर्ण निर्णयहरू गर्दै नयाँ कार्यतालिका सार्वजनिक गरेको छ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले विद्यार्थी भर्ना अभियान, छात्रवृत्ति र पाठ्यपुस्तक सम्बन्धी ५ बुँदे निर्णयहरू गरेको हो।
नगरपालिकाले आगामी वैशाख ३ गतेदेखि सबै विद्यालयहरूमा विद्यार्थी भर्ना अभियान प्रारम्भ गर्ने निर्णय गरेको छ। संघीय सरकारले तोकेका विशेष भर्ना अभियानका कार्यक्रमहरू भने वैशाख १५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।
नगरपालिकाका अनुसार विद्यालयहरूमा नियमित अध्यापन कार्य भने विगतमा जस्तै वैशाख ७ गतेदेखि सुचारु हुनेछ।
सामुदायिक तथा संस्थागत विद्यालयले हाल दिइरहेको छात्रवृत्ति र उठाइरहेको शुल्कको विषयमा अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न नगर शिक्षा अधिकारीको संयोजकत्वमा ५ सदस्यीय अध्ययन समिति गठन गरिएको छ।
पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक मात्र लागू गर्ने, विद्यालयले अध्यापन गराउने पाठ्यपुस्तकको सूची सार्वजनिक गर्नुपर्ने, तथा विद्यालयले स्टेसनरी सामग्री आफैं छाप्न वा बिक्री गर्न नपाउने निर्णय भएको छ।










यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?