कुशल भुर्तेल आईसीसीको उत्कृष्ट खेलाडीको मनोनयनमा

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले अप्रिल महिनाको उत्कृष्ट खेलाडीको लागि मनोनयन सार्वजनिक गरेको छ ।

आइसीसीले अप्रिल महिनाको लागि उत्कृष्ट पुरुष खेलाडीको घोषणाको लागि नेपालका कुशल भुर्तेल तथा पाकिस्तानका बाबर आजम र फखर जमानको नाम सार्वजनिक गरेको हो ।

यही वैशाख ४ देखि ११ गतेसम्म टीयू मैदानमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले उपाधि जित्दा कुशलले सर्वाधिक २७८ रन बनाएका थिए ।

कुशलले नेदरल्याण्ड्सँगको खेलमा ६२, मलेसियासँगको खेलमा ६१ र नेदरल्याण्ड्सँगकै खेलमा ६२ रन बनाउँदै कीर्तिमान बनाएका थिए । यस्तै पाकिस्तानका बाबर फखरले दक्षिण अफ्रिकासँगको एकदिवसीय र टी–ट्वेन्टीमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

मनोनयनमा परेका कुशललाई भोटिङ गर्न सकिनेछ । उनलाई भोट गर्नका लागि https://www.icc-cricket.com/awards/player-of-the-month/mens-player-of-the-month?sf143232838=1 गएर आफ्नो नाम र इमेल रजिस्टर गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?