एमाले तनहुँको जनजाति महिला सदस्यमा घर्ती सर्वसम्मत निर्वाचित

दमौलीः नेकपा एमाले तनहुँको सदस्यमा बसुन्धरा घर्ती सर्वसम्मत निर्वाचित भएकी छिन्।जिल्लाको नवौ अधिवेशनबाट आइतबार जनजाति महिला सदस्यमा घर्ती सर्वसम्मत निर्वाचित भएकी हुन् ।

घर्ती आदिवासी जनजाति महासंघकी जिल्ला अध्यक्ष तथा व्यास ४ की वडा सदस्य समेत हुन् । उपाध्यक्षसहितको अन्य  पदमा बढी उम्मेदवारी परेका कारणले सर्वसम्मत रुप कार्यसमिति चयन नभएको खण्डमा निर्वाचन प्रक्रियामा जाने वर्तमान अध्यक्षले केदार  सिग्देलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?