यसअघि व्यास नगरपालिकाले हप्ताको एक दिन सोमबार मात्र स्वाब संकलन गर्दै आएकोमा अब भने हप्ताको दुइ दिन पिसिआर परिक्षणको लागि स्वाब संकलन गर्ने भएको छ ।
कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएपछि हप्ताको दुइ दिन पिसिआर परिक्षणको व्यवस्था मिलाउने निर्णय गरिएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
बुधवार बसेको बैठकले नगरपालिकाको वडा कार्यालय र मुख्य कार्यालय अत्यावश्यक सेवाका लागि मात्र खुल्ला गर्ने, वडाको संयोजनमा गर्ववती र जटिल बिरामीहरुलाई घरबाट अस्पतालसम्म पुर्याउनका लागि एम्बुलेन्स सेवा निःशुल्क प्रदान गर्ने, कृषि उपजहरुलाई बजारसम्म ल्याउन लानका लागि सहजीकरण गर्ने समेत निर्णय गरेको छ ।
साथै नगर स्तरीय कृयाशील राजनीतिक दल, टोल विकास संस्था, शैक्षिक तथा उद्योग व्यवसाय क्षेत्र, जनप्रतिनिधि, विकास साझेदार संघ संस्था कार्यालय, सुरक्षा संयन्त्र, सञ्चार क्षेत्र, बैंक तथा वित्तीय संस्था र नगरबासीलाई विद्यमान संकटको क्षणमा स्वास्थ्य मापदण्ड पालना गरी, भौतिक दुरी कायम गर्दै आफ्नो दैनिक गतिविधि सञ्चालन गर्न र परस्पर सद्भावपूर्ण सहयोगका लागि सम्पूर्णलाई अनुरोध गरेको छ ।
यदि कुनै पनि जटिल र संकटको क्षणमा भएमा नगरपालिकाको हटलाई न ०६५-५६००३३ मा सम्पर्क गर्नुहुन समेत विज्ञप्तिमा जनाइएको छ ।
व्यास नगरपालिकाको विज्ञप्ति:
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?