आठौँ तनहुँ महोत्सव स्थगित

दमौली: तनहुँ उद्योग वाणिज्य संघले यही माघ १९ गतेदेखि फागुन १ गतेसम्म तनहुँको दमौलीमा आयोजना गर्न लागेको ‘आठौँ तनहुँ महोत्सव ’ स्थगित गरिएको छ ।

उद्योग वाणिज्य संघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाको सङ्क्रमण बढ्दै गएकाले महोत्सव स्थगित गरिएको जनाएको छ ।

कोभिड-१९ तीव्र रुपमा फैलिन गएकाले महोत्सव स्थगित गरिएको संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ र महासचिव सुबोध अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महामारी बढ्दै गएकाले महोत्सव कोरोना फैलाउने स्थल नबनोस् भनेर स्थगित गरिएको उनहरुको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?