दमौलीः तनहुँको व्यास नगरपालिकाले कोभिडको संक्रमण बढ्दै गएको भन्दै सबै विद्यालय बन्द गर्न व्यासको निर्देशन दिइएको छ । हिउँदे बिदा दिएर विद्यालयहरुलाई बन्द गर्न निर्देशन गरेको छ ।
नगरका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कीद्वारा जारी सूचनामा नेपाल सरकार विज्ञान तथा प्रविधि मन्त्रालयबाट जारी विज्ञप्ति समेतका आधारमा परीक्षा सञ्चालन र खोप अभियान निरन्तर रहने गरी विद्यालय माघ १५ सम्म बन्द गर्ने निर्देशन दिइएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?