तनहुँमा बिहीवार थप २९ जनामा कोरोना पुष्टि

तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा वृद्धि हुँदै गएको छ । बिहीवार मात्र तनहुँमा थप २९ जनामा कोरोना पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार संक्रमित हुनेमा व्यास नगरपालिकाकामा २० जना  ,शुक्लागण्डकी नगरपालिकामा ७ जना , बन्दीपुर गाँउपालिकाकामा १ जना  र म्याग्दे गाँउपालिकाकामा १ जना गरि  २९ जना रहेका छन् ।

योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ६ सय  ७१ जना पुगेको छ। जस्मा १ हजार ४ सय ९७ निको भैसकेका छन्  भने सक्रिय संक्रमितको सङ्ख्या १ सय ४८ रहेको छ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?