नेपालमा अहिलेसम्मकै धेरै ९ हजार ७० जनामा संक्रमण पुष्टि : ५४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै ९ हजार ७० जनामा कोरोना भाइरस  संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार तीन सय ६७ जनाकाे पीसीआर परीक्षण गर्दा आठ हजार नाै सय ७० जना र सात सय ७५ जनाकाे एन्टिजेन परीक्षण गर्दा एक सय जनामा सङ्क्रमण पुष्टि भएकाे जनाएकाे छ ।

याेसँगै नेपालमा काेराेना सङ्क्रमण पुष्टि हुनेकाे सङ्ख्या तीन लाख ६८ हजार पाँच सय ८० पुगेकाे छ ।

यस्तै पछिल्लाे २४ घण्टामा दुई हजार सात सय सात जना निकाे भएसँगै सङ्क्रमणमुक्त हुनेकाे सङ्ख्या दुई लाख ९२ हजार चार सय ९० पुगेकाे छ ।

पछिल्लाे २४ घण्टामा सङ्क्रमणबाट ५४ जनाले ज्यान गुमाएका छन्, याेसँगै ज्यान गुमाउनेकाे सङ्ख्या तीन हजार पाँच सय २९ पुगेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?