
तनहुँमा १ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ब्यास नगरपालिका-१ कि ६० वर्षीया महिलाको मणिपाल शिक्षण अस्पताल,पोखरामा मृत्यु भएको जनाएको छ ।
वैशाख २३ गते कोरोना पुष्टि भएका उनि बेलुका ६:५० बजे मृत्यु भएको निर्देशक डा. बिनोद बिन्दु शर्माले बताए ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?