व्यासका प्रमुख र उपप्रमुखमा कोरोना संक्रमित भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द

दमौलीः तनहुँको व्यास नगरपालिकाका नगर प्रमुख र उप प्रमुखमा कोरोना संक्रमण पुष्टि भएको छ ।  नगर प्रमुख र उप प्रमुखलाई कोरोना देखिए पछि व्यास नगरपालिकाले पाँच दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेका छन्  ।

नगरका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलद्वारा जारी एक  सूचनामा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि गरिएको पीसीआर परिक्षणका क्रममा व्यास नगर प्रमुख र उप–प्रमुखको कोरोना परिक्षण रिपोर्ट पोजेटिभ आएको उल्लेख गरिएको छ ।कर्मचारी समेत संक्रमित भएको पाईएकाले व्यास नगरपालिकाको अत्यावश्यक बाहेकका सेवा मंगलबार माघ ११ देखि  १४ गतेसम्म बन्द गरिने बताएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?