शहिद दिवसमा व्यासमा सार्वजनिक विदा

दमौली  : तनहुँको व्यास नगरपालिकाले शहिद दिवसका दिन सरकारी विदाको घोषणा गरेको छ। नगरपालिकाले शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै माघ १६ गतेका दिन शहिद दिवसको अवसरमा सार्वजनिक विदा दिने जनाएको छ।

सार्वजनिक विदाका अवसरमा व्यास नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय तथा सामुदायिक विद्यालयहरु बन्द रहने सूचना प्रविधि  अधिकृत विशाल पण्डितले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?