कोरोना संक्रमणबाट एकै दिन २२५ जनाको मृत्यु

कोरोना सङ्क्रमणका कारण नेपालमा थप दुई सय २५ जनाको ज्यान गएको छ ।

यो सँगै नेपालमा मृत्यु हुनेको संख्या  ४ हजार ४ सय ८४ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार  थप नौ हजार चार सय ८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २० हजार पाँच सय ९६ पीसीआर र सात सय २० जनाको एन्टिजेन परीक्षण गर्दा नौ हजार चार सय ८३ जनामा सङ्क्रमण देखिएको हो । योसहित नेपालमा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख १३ हजार एक सय ११ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच हजार दुई सय २५ जना निको भएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ जना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा ९७ हजार आठ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?