म¥याङ्दीमा ट्रक दुर्घटना : चालक र सहचालकको मृत्यु

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ म¥याङ्दी जलविद्युत केन्द्र नजिकै मङ्गलबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नम्बरको ट्रक सडकबाट करीव १०० मिटर तल मरस्र्याङदी नदीमा खसेर चालक र सहचालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्रक चालक बागलुङको गलकोट नगरपालिका–८ बस्ने ३७ वर्षीय जय कंडेल र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय मिनबहादुर कंडेल रहेको छ ।  घटनास्थमा पुगेर प्रहरीले उद्धार गर्ने क्रममा उनिहरु दुवैको मृत्यु भईसकेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ   ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?