दमौली :जिल्ला प्रशासन कार्यालय तनहुँले माघ मसान्तसम्म विद्यालय नखोल्न आदेश जारी गरेको छ । सोमबार एक सुचना जारी गर्दै सो कार्यालयले शैक्षिक संस्थाहरुले कोभिड–१९ को बढ्दो संक्रमणलाई रोकथाम, नियन्त्रण, निदान र उपचारलाई थप प्रभावकारी बनाउन मन्त्री परिषदको निर्णय, गृहमन्त्रालयको आदेश तथा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार माघ मसान्तसम्मका लागि सम्पुर्ण शैक्षिक क्रियाकलापहरु माघ मसान्तसम्म भौतिक रुपमा सन्चालन गर्न आदेश दिएको हो ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल द्धारा हस्ताक्षरित सुचनामा नेपाल सरकारले विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूशन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा २०७८ माघ १५ गतेसम्म भौतिक रुपमा उपस्थितिमा सञ्चालन नगर्ने भनी आदेश जारी भएकोमा सम्बन्धित सरोकारवालाहरु आदेशको पालना नगरेको भनी गुनासो प्राप्त हुन आएकोले भौतिक उपस्थितिमा विद्यालय, विश्वविद्यालय, कलेज, ट्यूसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप सञ्चालन नगर्न प्रशासनको आदेशमा उल्लेख छ ।













यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?