पछिल्लो २४ घण्टामा तनहुँमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्लागण्डकी नगरपालिकाका दुई जना र ब्यास नगरपालिकाका एक जना गरि तिन जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–६ का ६२ वर्षीय पुरुषको फिस्टेल अस्पताल,पोखरामा मृत्यु भएको छ भने सोहि नगरपालिका ७ का ५५ वर्षीय पुरुषको आज बिहान मणिपाल शिक्षण अस्पताल,पोखरामा मृत्यु भएको जनाएको छ ।
यसैगरी व्यास नगरपालिका–१ की ३५ वर्षीया महिलाको मङ्गलबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा मृत्यु भएको छ ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?