विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई आईसोलेसनको व्यवस्था

ब्यास नगरपालिकाले घरमा बस्ने वातावरण नभएका, साथै विपन्न आर्थीक अवस्थाका संक्रमितलाई बिहीबारदेखि राख्ने गरी कृषि विकास वैंकको कार्यालय दमौलीमा  व्यवस्थापन  मिलाएको छ ।

जिल्ला सङ्कट व्यवस्थापन समितिको सहमतिमा ५० जना राख्न मिल्ने गरि व्यवस्थापन मिलाईएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।

उक्त आईसोलेसनमा प्रारम्भिक परिक्षण र अक्सिजन समेतको सेवा दिने  र जटिल बिरामिहरुलाई अस्पताल सम्म पुर्याउने कार्यका लागि निःशुल्क एम्बुलेन्स सेवा एवं मृत्यू भएको अबस्थामा अन्तिम संस्कारको व्यवस्थापन समेतमा नगरपालिकाले तयारी गरिसकेको न्यौपानेले बताए  ।

नगरपालिकामा हप्ताको २ दिन(सोमबार- बिहिबार) गर्दै आएकोमा गएको १५(पन्ध्र) दिनमा २८२ जनाको PCR परिक्षण गरिएकोमा पुरुष ४४ महिला ४२ जना समेत जम्मा ८६ जना संक्रमित रहेका छन् भने  वडा नं १ बाट ३ जना र वडा नं १२ बाट १ जना गरि  ४ जनाको मृत्यू भईसकेको र हाल सकृय संक्रमितको संख्या ७६ (महिला ३५, पुरुष ४१) रहेको छ ।

नगरपालिकाले आज बुधबार व्यास-०६  शिशाघाट, व्यास-०९ गजौडे र व्यास-०१  करङकाठमा गरि जम्मा ८५ जनाको PCR परिक्षण गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?