तनहुँमा जेठ १५ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय

तनहुँमा जारी निषेधाज्ञा १५ दिन लम्बिने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को शुक्रबार बसेको बैठकले निषेधाज्ञालाई जेठ १५ गतेसम्म  निरन्तरता दिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

कोरोना संक्रमण अझै बढ्दै गएकाले थप कडाइका साथ  निषेधाज्ञालाई थप १५  दिन लम्ब्याउने निर्णय भएको उनले बताए ।

यसअघि वैशाख २३  गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?