तनहुँमा निषेधाज्ञा थप गर्ने तयारी भएको छ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले निषेधाज्ञा लम्ब्याउनेबारे जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को जारी बैठकमा छलफल भइरहेको छ ।
उक्त छलफलमा थप ७ देखि बढीमा १५ दिनका लागि निषेधाज्ञा थप्ने तयारी भएको बुजिएको छ ।
यसअघि वैशाख २३ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?