दमौली : व्यास नगरपालिकाले नगर अन्तर्गतका विद्यार्थीलाई मोर्डनाको पहिलो डोज खोप लगाएकालाई कोरोना विरुद्ध मोर्डनाको दोश्रो डोजको खोप लगाउने भएको छ ।
नगरपालिकाभित्रका मोर्डना खोपको पहिलो डोज लगाएका व्यक्तिहरुलाई यहि २८ गते शुक्रवार खोप लगाउने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । खोप लगाउन चाहने व्यक्तिहरुले केरावारी स्वास्थ्य केन्द्र व्यास नगरपालिका वडा नं. २ र सिमलटार स्वास्थ्य केन्द्र वडा नं. ४ सिमलटारमा सम्पर्क राख्न पनि स्वास्थ्य शाखा प्रमुख सोतीले आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?