पछिल्लो २४ घण्टामा तनहुँमा कोरोना संक्रमणबाट शुक्रबार थप ३ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद, शुक्लागण्डकी र म्याग्देका १ /१ गरि ३ जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
स्वास्थ्य निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दे गाउँपालिका–३ का ५१ वर्षीय पुरुष, भिमाद नगरपालिका–६ की ४४ वर्षीय महिला र शुक्लागण्डकी नगरपालिका–६ का ४८ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको हो ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।
यस्तै शुक्रबार तनहुँमा थप २७ जना संक्रमित थपिएका छन् । थप २७ जना संक्रमित थपिए संगै तनहुँमा ३६२ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?