कोरोना संक्रमणबाट तनहुँका २२ वर्षीया युवतीको मृत्यु

पछिल्लो २४ घण्टामा  तनहुँमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भिमाद नगरपालिका-५ की २२ वर्षीया युवतीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो ।

स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरण अनुसार उनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको जनाएको छ । ती युवती वैशाख २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६  पुगेको छ ।

यस्तै शनिबार तनहुँमा थप ५८  जना संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?