नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गए सङ्गै शुक्लागण्डकी नगरपालिका-८ ले दीर्घ रोगका बिरामीको सहजताका लागि वडाले औषधि व्यवस्थापन गरेको छ ।
शनिबार बसेको सर्वपक्षीय आपतकालिन बैठकले सो निर्णय गरेको हो।
दिर्घ रोगीहरुले आधारभुत स्वास्थ केन्द्रमा आँफुले खाने आौषधिको नाम टिपाउन आग्रह गरिएको वडाध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताए । उनका अनुसार कोरोनाको दोस्रो लहर वडामा भयावह रुपमा विकसित भइरहेको अवस्थामा लकडाउनलाई कडाईका साथ लागू गर्ने निर्णय गरिएको छ ।
निर्माण सामग्रीको ओसारपोसारमा प्रयोग हुने, तरकारी बोक्ने लगायतका अति आवश्यक सामग्री ढुवानी गर्ने सवारीहरु समेत बिहान ९ बजेसम्म मात्र सन्चालन गर्ने समय निर्धारण गरिएको छ । संक्रमितको संख्या बढ्दै गएको हुँदा तत्काल आइसोलेशनको लागि हिमालीटोल सामुदायिक भवनलाई तयार गरिएको र आवश्यकता अनुसार वडाभित्रका सामुदायिक तथा टोल विकास संस्था एवम् आमा समुहको भवनहरुलाई समेत आइसोलेशनको रूपमा प्रयोग गर्ने निर्णय गरिएको उनले बताए ।
त्यस्तै वडाले कोरोना संक्रमणबाट निधन भएका वडाका ८८ वर्षीय पुरुष प्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । बैठकले वडाभित्रका सक्रिय संक्रमित १४ जनाको शिघ्र स्वास्थलाभको कामना समेत गरेको छ । राजनैतिक दलका प्रतिनिधि, टोल विकास संस्थाका अध्यक्षहरुको उपस्थितिमा गरिएको निर्णय सम्पुर्णले पालन गर्नु गराउनु सबैको कर्तव्य रहेको भन्दै सुरक्षित रहन वडाध्यक्ष रेग्मीले अपिल गरे । वडामा १८ संक्रमितमध्ये ५ जना संक्रमणमुक्त भइसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?