दमौली :तनहुँको आँबुखैरेनी गाउँपालिका आर्थिक वर्ष २०७७/०७८ को संस्थागत क्षमता स्वमुल्याङ्कनमा राम्रो देखिएको छ।गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ संस्थागत क्षमता स्वमुल्याङ्कनमा ७३.५ प्रतिशत अंक ल्याएको छ। अघिल्लो आर्थिक वर्षमा ४१.७५ प्रतिशत अंक ल्याई स्वमूल्याङ्कनमा कमजोर देखिएको गाउँपालिका पछिल्लो आर्थिक वर्षमा भने उल्लेखनीय प्रगती गरि राम्रो देखिएको हो।
कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, संगठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य तथा समन्वयतर्फ छ कुल भार निर्धारण गरिएको छ ।
जस अनुसार आर्थिक वर्ष २०७७/०७८ मा शासकीय प्रवन्धतर्फ ७२.२२%, संगठन तथा प्रशासनतर्फ ७८.१३%, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ७७.२७%, वित्तीय एवम् आर्थिक व्यवस्थापनतर्फ ९३.१८%, सेवा प्रवाहतर्फ ७१.८८%, न्यायिक कार्य सम्पादनतर्फ १००%, भौतिक पूर्वाधारतर्फ ८०.७७%, सामाजिक समावेशीकरणतर्फ ५५%, वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ ६१.११% का साथै सहकार्य र समन्वयतर्फ ३३.३३% अंक प्राप्त गरेको छ ।
यसैबिच तनहुँका १० पालिकामा स्वमुल्याङ्कन नतिजा सार्वजनिक भएका पालिका मध्य आँबुखैरेनी गाउँपालिका दोस्रो स्थानमा परेको छ । अहिलेसम्म तनहुँका ५ वटा पालिकाको स्वमुल्याङ्कन सार्वजनिक भएको छ । जसमा नतिजा अनुसार पहिलोमा ब्यास नगरपालिका ८९ प्रतिशत, तेस्रोमा भानु ६९ प्रतिशत, चौथोमा भिमाद नगरपालिका र अन्तिममा देवघाट गाउँपािलका ५७ प्रतिशत अंक रहेको छ।
यस्तै उक्त आर्थिक वर्ष २०७७/०७८ मा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेल रहेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?