श्रीकृष्ण प्रणामी युवा परिषद् द्वारा विपन्न बर्ग र जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण

श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल गण्डकी लुम्बिनी संयुक्त प्रदेश समितिको आयोजनामा अति विपन्न वर्गका गरिव तथा जेहेन्दार विधार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। भानुनगरपालिका- ८ देउरालीटार स्थित निर्जला आधारभूत विधालय को प्राङ्गणमा आयोजित कार्यक्रमको प्रमुख अतिथि भानुनगरपालिकाका -८ का वडा अध्यक्ष भरतराज ढकालले शुभकामना मन्तब्यका क्रममा बोल्दै परिषदको सानो सहयोगले विधार्थीमा बौद्धिक ,मनोबिज्ञानिक र शैक्षिक उन्यनमा थप उर्जा मिल्ने बताए ।

यस्तै श्रीकृष्ण प्रणामी युवा परिषद्का निवर्तमान केन्द्रीय अध्यक्ष नमराज ढकालले विधार्थीलाई पाठ्यक्रममा पुनः नैतिक शिक्षाको महत्त्व ,अध्यात्ममा विधार्थीको भुमिकाका र शैक्षिक समाजको निर्माण गर्न यस्ता खाले कार्यक्रम फलदायी हुने बताए । शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ले आगामी दिनहरुमा नेपालका ग्रामीण भेकका विधालयका अति विपन्न बर्गका बालबालिकाहरुलाई शैक्षिक सामाग्री ,विधालय पोशाक , ब्याग र गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति दिने अभियान शुरु गरिने बताए । कार्यक्रममा निर्जला आघारभुत विधालयका विधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कृष्ण प्रणामी धर्म युवा परिषद्ले १ लाख बडीको शैक्षिक सामाग्री हस्तान्तरण गर्नु खुसीको विषय भएको बताए ।

शैक्षिक सामाग्री हस्तान्तरण गर्दै ले आगामी दिनहरुमा नेपालका ग्रामीण भेकका विधालयका अति विपन्न बर्गका बालबालिकाहरुलाई शैक्षिक सामाग्री ,विधालय पोशाक , ब्याग र गरिब तथा जेहेन्दार विधार्थीहरुलाई छात्रवृत्ति दिने अभियान शुरु गरिने बताए । कार्यक्रममा निर्जला आघारभुत विधालयका विधालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्णमुरारी न्यौपानेले कृष्ण प्रणामी धर्म युवा परिषद्ले १ लाख बडीको शैक्षिक सामाग्री हस्तान्तरण गर्नु खुसीको विषय भएको बताए ।

कार्यक्रममा कृष्ण प्रणामी युवा परिषदकि केन्द्रीय उपाध्यक्ष यदु वगाले ,केन्द्रीय सदस्य भिम बगाले , गण्डकी लुम्बिनी प्रदेशका संस्थापक अध्यक्ष अमृतबहादुर केसि ,निर्जला आधारभूत तहका प्रधानाध्यापक प्रेम मिश्र लगाएतका बक्ताहरुले विधालयको चौतर्फी विकास र प्रगतिको कामना ब्याक्त गरेका थिए। उक्त कार्यक्रमको संचालन श्रीकृष्ण प्रणामी युवा परिषद् पुरकोटका प्रारम्भिक समितिका अध्यक्ष विवेक न्यौपानेले गरेका थिए। उक्त शैक्षिक सामाग्री वितरण कार्यक्रममा ५५ जना विपन्न बर्गका छात्रछात्रालाई कलम,कापी,विधालय पोषाक र विधालय ब्याग हस्तान्तरण गरिएको थियोे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?