पत्रकार कल्याणकारी कोषमा २० हजार सहयोग

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा  भानु नगरपालिका वडा न.९ पुर्कोटका राम पाण्डले आर्थिक सहयोग गरेका छन् ।

प्रभु वैकका पूर्व सञ्चालक, प्रभु लाइफ इन्स्योरेन्सका पूर्व अध्यक्ष,आशा लधुवित्त वित्तीय संस्थाका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले कोषका लागि आइतबार बीस हजार रुपयाँ सहयोग गरेका हुन् ।

संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गर्न पाँउदा खुशी लागेको पाण्डेले बताए । पाण्डेले सो रकम नेपाल पत्रकार महासंघ तनहुँ शाखको नाममा नेपाल  वैंक लिमिटेड दमौली शाखामा रहेको खाता नं. ०६०००१००३३५३३१०००००१ मा जम्मा गरेको  नेपाल पत्रकार महासंघ तनहुँ शाखाका सह–सचिव प्रकाश अधिकारीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ तनहुँको यही जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले बताए  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?