महासंघका पुर्व केन्द्रिय सदस्यद्वारा पत्रकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषमा व्यास नगरपालिका वडा न.१ गल्बुबेशी निवासी प्रदीप न्यौपानेले आर्थिक सहयोग गरेका छन् ।

न्यौपानेले कोषका लागि सोमबार २५ सय ११ रुपयाँ महासंघ तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेललाई हस्तान्तरण गरेका थिए । लामो समय पत्रकारीता क्षेत्रमा क्रिायशिल न्यौपाने नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य समेत  हुन् ।

संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा स्थापना गर्नु राम्रो काम भएको न्यौपानले बतए ।

कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन गर्ने निर्णय गरेको महासंघ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?