औषधी सहित संक्रमितको घर घरमा वडाध्यक्ष रेग्मी

कोरोना संक्रमणको नयाँ भेरियन्ट सहितको दोस्रो लहर फैलिदै जाँदा संक्रमित बढ्ने क्रम जारी छ । संक्रमित बृद्धि हुँदा अस्पताल तथा सामुदायिक आइसोलेशनको उचित व्यवस्थापन नहुँदा होम आइसोलेशनमा बस्नुपर्ने बाध्यता रहेको छ ।

यता तनहुँको शुक्लागण्डकी नगरपालिका–८का संक्रमितहरुको स्वास्थ्य अवस्था बुझ्न वडाध्यक्ष कृष्ण प्रसाद रेग्मी भने घर घरमा पुग्नेका छन् ।  वडाध्यक्ष रेग्मी संक्रमितहरुको घरमा नै पुगेर पौष्टिक आहार उपलब्ध गराउनुका साथै उनीहरुलाइ हौसला प्रदान गर्र्नमा व्यस्त छन् ।

उच्च जोखिमको अवस्थामा सतर्कताका साथ वडाका सक्रिय संक्रमितमध्ये होम आइसोलेशनमा रहेका १० संक्रमितलाई पौष्टिक आहार प्रदान गरिएको उनले बताए । ‘स्वास्थकर्मी सहित कमजोरी अवस्थामा खान मिल्ने औषधी लिएर उहाँहरुलाई हौसला प्रदान गर्न पुगेका हौं,’ उनले भने, ‘हामी जनप्रतिनिधिलाई जनताको स्वास्थ्य महत्वपूर्ण हुन्छ र उनीहरुलाई हाम्रो आवश्यकता रहेकाले सहयोग गर्न पुगेका थियौं ।’ संक्रमितलाई आवश्यक पर्ने भिटामिन सि, भिटामिन वि कम्प्लेक्स, मास्क, सेनिटाईजर, थर्मोमिटर, अक्सिमिटर, ग्लोव्स, प्यारासिटामोल लगायतका औषधीहरु उनीहरुको अवस्था अनुरुप हर्लिक्स, जुस जस्ता सामग्रीहरु प्रदान गरिएको छ । जनप्रतिनिधिहरु बिरामी अवस्थामा घर घरमा पुग्दा खुशी व्यक्त गर्दै संक्रमितहरुले जनप्रतिनिधिहरु धन्यबाद ब्याक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?