जन्म दिनको अवसरमा ढुङ्गानाद्वारा पत्रकार कल्याणकारी कोषलाई रकम हस्तान्तरण

जन्म दिनको अवसर पारेर म्याग्दे–७ स्थायी घर भई हाल व्यास नगरपालिका वडा नं ४ बस्ने भग्यशाली ढुङ्गानाले पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि रकम हस्तान्तरण  गरेका छन् ।

ढुङ्गानाले आफ्नो ५४ बर्ष प्रवेशको अवसरमा  ५ हजार ५५ रुपयाँ  प्रदान गरेका हुन् । व्यास नगरपालिकामा नायव शुब्बा पदमा कार्यरत ढुङ्गानाले  जन्म दिनको फहजु खर्च नगरीकन आफ्नो ५ दिन बराबरको तलव महासंघलाई हस्तान्तरण गरेको बताए । संचार क्षेत्र र संचारकर्मिहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा  स्थापना गर्नु राम्रो काम भएको  र  यो अभियानमा सहयोग गर्न सबैमा अपिल समेत गरेका थिए  ।

ढुङ्गाना नेपाल पत्रकार महासंघ तनहुँ शाखाको संरक्षकत्वमा रहेको ‘टिकानिधी ढुङ्गना स्मृती व्यास परासर पत्रकारीता  पुरस्कार’का संस्थापक समेत  हुन् । महासंघको कल्याणकारी  कोषका लागि रकम प्रदान गरेकोमा  तनहुँ शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्यक्त गरे  ।

नेपाल पत्रकार महासंघ तनहुँको यही  जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो  । कल्याणकारी कोष स्थापनाका लागि पत्रकारहरू, शुभेक्षछुक ,सहयोगी संस्था र व्यत्तिहरु कल्याणकारी कोषमा आर्थिक संकलन  गर्ने निर्णय गरेको  महासंघ तनहुँ शाखाका  कोषाध्यक्ष बिमला दुुवाडीले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?