पछिल्लो २४ घण्टामा तनहुँमा एकै दिन कोरोना संक्रमितको संख्या १ सय १२ जना थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार विभिन्न प्रयोगशालामा परीक्षण गर्दा तनहुँमा ६२ जना पुरुष र ५० जना महिला गरि मंगलबार ११२ जना संक्रमित थपिएको जनाएको छ ।
योसंगै तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ६८ जना पुगेको छ। जस्मा १ हजार ५ सय ८२ निको भैसकेका छन् भने सक्रिय संक्रमितको सङ्ख्या ५ सय ४३ रहेको छ।
यसैगरि तनहुँमा थप २ जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा व्यास नगरपालिका ३ की ७० वर्षीया महिला र देवघाट गाउँपालिका ५ की ६८ वर्षीया महिला रहेका छन् ।
योसंगै तनहुँमा कोरोना सङ्क्रमणबाट ४३ जनाको मृत्यु भैसकेको छ ।












यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?