
दमौली : नेपाली कांग्रेस तनहुँले स्थानीय तह निर्वाचनका ‘ घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको छ । ‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ नारा लिएर १० वटा स्थानीय तह र ८५ वटै वडामा आजबाट काँग्रेसको एक महिने घरदैलो चुनावी अभियान सुरु हुन लागेको हो ।
हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिका साथ फागुन २९ गतेदेखि चैत २९ गतेसम्म काँग्रेसले अभियान सुरु गरेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताए ।पार्टी विधानको व्यवस्थाअनुसार जिम्मेवारी बाँडफाँट गर्दै अभियानले बृहत्तर रूपमा पार्टीका नेता तथा कार्यकर्ता परिचालन गरिएको उनको भनाइ छ ।
अभियान सञ्चालनअघि नै काँग्रेसले जिल्लादेखि क्षेत्रीय समितिका बैठकहरू सम्पन्न गरेको छ।
नेपाली काँग्रेसका जिल्ला सभापति जितप्रकाश आलेको सभापतित्वमा भएको कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्मा,निवर्तमान सभापति बैकुण्ठ न्यौपाने ,क्षेत्र नम्बर सभापतिहरु , पुर्व व्यासनगरका सभापति शान्तिरमण वाग्ले ,नेपाली काँग्रेस महासमिति सदस्यहरु , जिल्ला सदस्यहरु लगाएतका अन्य कार्यकर्ताहरुको उपस्थिति रहेको थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?