तनहुँको व्यास नगरपालिकाले पिसिआर परिक्षणको लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।
दोस्रो लहरको संक्रमणका कारणले विरामीहरु थपिदै जाने र समयमा पिसिआर प्रतिवेदन नआउने जटिल अबस्थालाई ध्यानमा राखि तनहुँका पालिकाहरुको सहभागितामा व्यास नगरपालिका वडा नं १०, दुम्सीबजार स्थित आधारभुत स्वास्थ्य कार्यालयको भवनमा पिसिआर परिक्षणको प्रयोगशाला स्थापना गर्ने निर्णय भएको छ । उक्त प्रयोगशालामा रोटरी क्लब अन्तराष्ट्रिय डिस्ट्रिक ३२९२ बाट प्राप्त मेसीन समेतको प्रयोग गर्ने निर्णय गरेको छ ।
गतवर्ष म्याग्दे गा.पाकी अध्यक्ष श्री माया रानाको अध्यक्षतामा बसेको अन्तरपालिका समन्वय वैठकले पिसिआर परिक्षणको प्रतिवेदन आउन ढिला भएकाले तनहुँमानै उक्त परिक्षण ल्याब पालिकाहरुको सहभागितामा सञ्चालन गर्ने निर्णय भएको थियो र पछि पोखराबाट २,३ दिनमा प्रतिवेदन आउन थालेपछि तत्काल उक्त प्रकृयालाई स्थगन गरी पालिकाहरुको सहभागितामा जि.पि कोइराला स्वासप्रश्वास केन्द्रमा कोभिड-१९ कक्ष रहने भवन निर्माण गरि हस्तान्तरण गरिएको थियो ।
विद्यमान कोभिड-१९ को दोस्रो लहरले तनहुँ जिल्ला समेत देशै भरी अस्पताल सेवामा र अक्सीजनको अभाव महसुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जि.पि कोइराला स्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रकृया अघि बढाएकोमा धन्यवाद ज्ञापन गर्दै त्यस प्रकृयामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने सहमती सहित पालिकाले आ-आफ्नो क्षमता, सामाजीक संघ संस्था, निजी क्षेत्र समेतको सहभागितामा आ-आफ्नो स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने समेत निर्णय गरेको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?