तनहुँमा थप ५ जनाको मृत्यु: ५६ जनामा संक्रमण

पछिल्लो २४ घण्टामा  तनहुँमा ५ जना कोरोना संक्रमितको  मृत्यु भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार भानु नगरपालिकाका दुई जना, व्यास,शुक्लागण्डकी नगरपालिकाका १ /१ जना  र  बन्दीपुर गाउपालिकाका एक जना गरि पाच जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।

निर्देशनालयले बुधबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु  हुनेमा भानु नगरपालिका–४  का ७१ वर्षीय पुरुष र सोहि नगरपालिका–१२ का ६५ वर्षीय महिला,व्यास नगरपालिका–१ का ४१ वर्षीया पुरुष, बन्दीपुर गाउपालिकाका-२ का पुरुष, र शुक्लागण्डकी नगरपालिकाका- ५ का ८१ वर्षीया पुरुषको मृत्यु भएको जनाएको छ ।

येसैगरि तनहुँमा बुधबार ५६ जनामा कोरोना पुष्टि भएको छ ।जस्मा ३५ जना पुरुष र २१ जना महिला रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?