![](https://www.damaulionline.com/wp-content/uploads/2022/03/277437301_5008089829276555_7461773555071972129_n.jpg)
दमौली : रोट्र¥याक्ट क्लब अफ दमौलीको आयोजनामा शुक्रवार स्वर्गीय राममाया स्मृति हाजिरीजवाफ प्रतियोगितामा मादि श्री आवसीय माध्यमिक विद्यालय प्रथम भएको छन् । व्यास व्यास नगरपालिका अन्तर्गतका संस्थागत र सामुदायिक गरी १० वटा विद्यालयको सहभागीता रहेकोमा मादि श्री प्रथम भएका हुन् ।
त्यस्तै प्रतियोगितामा कंकाई आवसीय माध्यमिक विद्यालय द्धितीय, चण्डीदेवि राष्ट्रिय माध्यमिक विद्यालय तृतीय र सत्यवती माध्यमिक विद्यालयले सान्त्वना स्थान हासिल गर्न सफल भएको रोट्र¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउतले जानकारी दिए ।
प्रतियोगितमा प्रथम, द्धितीय र तृतीय हुने समूहलाई क्रमश नगद रु.४ हजार ५ सय , ३ हजार र १ हजार ५ सय प्रदान गरिएको कार्यक्रम संयोजक रवि अधिकारीले जानकारी दिए ।
उक्त प्रतियोगितामा र सान्त्वना हुनेलाई प्रमाणपत्रयसअघि कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले युवाहरुलाई सिर्जनशिल बनाउन रोट्र¥याक्ट क्लबको भूमिका महत्वपुर्ण रहेको बताए ।
अहिलेको समयमा युवाहरु कुलतमा फसेर भविष्य अनिश्चित बनाइ रहेको बेला रोट्र¥याक्क युवाहरुको भष्विय उज्वल बनाउने अभियानमा लागेको भन्दै प्रंशसा गरे । साथै हाजिरजवाफ जस्ता कार्यक्रमले विद्यार्थीको ज्ञान र चेतनाको स्तर मापन गर्नुका साथै समाज , राष्ट्र र अन्तराष्ट्रिय घटना र परिवेशबारे जानकारी गराउने बताए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख नगेन्द्र रेग्मीले हाजिरजवाफ प्रतियोगिताले बालकको आन्तरिक क्षमता उजागर गर्ने अवसर प्रदान गर्ने बताए
रोट्र¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रोटरी क्लब अफ दमौलीका पूर्व अध्यक्ष दामोदर भण्डारी, रोट्र¥याक्ट क्लब अफ दमौलीका पूर्व अध्यक्ष मनोज राउत लगायतले बोलेका थिए ।
क्लबले विगत ३ वर्षदेखि स्वर्गीय राममाया राउतको स्मृतिमा व्यास नगरस्तरीय अन्तर विद्यालय हाजिरी जवाफ गर्दै आएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?