पत्रकार कल्याणकारी कोषमा मियाद्वारा सहयोग

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना  गरेको कल्याणकारी कोषमा बन्दिपुर–१ डुम्रेका व्यवसायी नेक महम्मद मियाले कल्याणकारी कोषका लागि रु. ५ हजार एक सय प्रदान गरेका छन्  ।
मियाले महासंघ तनहुँ शाखाका उपाध्यक्ष डिपी अधिकारीलाई  सो रकम हस्तान्तरण गरेका थिए  ।  तनहुँ उद्योग वाणिज्य संघ डुम्रे  बजार इकाईका  निवर्तमान सभापती  रहेका मियाले संचारकर्मिहरुको हितमा प्रयोग हुने कल्याणकारी कोषमा  आफुले सहयोग गरेको र उक्त  कोष स्थापना गर्नु राम्रो काम भएको बताए  ।

कोषमा रकम प्रदान गरेकोमा  शाखाका अध्यक्ष उज्वल पौडेलले धन्यवाद ब्याक्त गरेका थिए   ।

नेपाल पत्रकार महासंघ तनहुँको यही  जेठ १ गते बसेको बैठकले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?