राप्रपाले दमौलीको खुल्ला मैदानमा चैत १७ गते आमसभा गर्ने

दमाैली : देशभर ठूला, मझौला र साना सभाहरू गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चैत १७ गते दमौलीको खुल्ला मैदानमा आमसभा गर्ने भएको छ। पार्टीको जिल्ला कार्यसमितिको आयोजनामा हुने आमसभालाई राप्रपाले शक्ति प्रदर्शनको रूपमा तयारी गरिरहेको  राप्रपा तनहुँका अध्यक्ष विनोद घर्तीले जानकारी दिए।

सोमबार दमौलीमा पत्रकार सम्मेलन गर्दै  सभालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन, नायिका रेखा थापा ,प्रबक्ता ज्ञानेन्द्र शाही ,पुर्ब अध्यक्षहरु पशुपति शमशेर जबरा डा. प्रकाशचन्द्र लोहोनी लगायतले नेताहरुले सम्बोधन गर्ने अध्यक्ष घर्तीले बताए ।

आमसभालाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न उपसमिति पनि गठन गरिएको  आयोजकले जनाएको छ ।

राप्रपा तनहुँले उक्त कार्यक्रम सफल पार्नका लागि तयारी थालेको छ । बैठकमा स्थानीय तहका लागि उम्मेदवारी सम्बन्धमा पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?