पछिल्लो २४ घण्टामा तनहुँमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार व्यास नगरपालिकाका दुई जना र शुक्लागण्डकी नगरपालिकाका १ जनाको उपचारका क्रममा मृत्यु भएको जनाएको छ ।
निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेमा व्यास नगरपालिका–८ का ६८ वर्षीय पुरुष र सोहि नगरपालिका–६ का ६० वर्षीय पुरुष र शुक्लागण्डकी नगरपालिकाका- ४ का ६५ वर्षीया पुरुषको मृत्यु भएको जनाएको छ ।
येसैगरि तनहुँमा शुक्रबार ५४ जनामा कोरोना पुष्टि भएको छ ।जस्मा २७ जना पुरुष र २७ जना महिला रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?