व्यास नगरपालिकाले कोरोना संक्रमणबाट मृत्यु हुने विपन्न परिवारलाई निशुल्क सव-वाहान र काजकृया खर्च वापत रु दश हजार सहयोग गर्ने भएको छ ।
आज शुक्रबार बसेको व्यास नगर कार्यपालिकाको नियमित वैठकले सम्बन्धित वडाको सिफारीसमा कोरोनाबाट मृत्यु भएमा विपन्न परिवारलाई निशुल्क सव-वाहान र काजकृया खर्च साथै कोभिड-१९ बाट संक्रमण भई उपचाररत विपन्न एवं मजदुर परिवारलाई रु पाँच हजार उपचार एवं राहत सुविधा उपलब्ध गराउने निर्णय भएको प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
नगरपालिकामा हालसम्म जम्मा ६१६ जनाको पिसिआर परिक्षण गरिएकोमा ४३३ जनाको रिपोर्ट आउदाँ २९१ संक्रमित संख्या रहेको जस मध्य १० जनाको मृत्यू भइसकेको र ५९ जना संक्रमण मुक्त हुनु भएको एवं २२२ जना उपचारकै क्रममा सामुदायीक आइसोलेसन, दमौली अस्पताल, जि.पि कोइराला स्वास प्रस्वास अस्पताल र होम आइसोलेसनमा उपचाररत रहेका छन् भने १८३ जनाको पिसिआर रिपोर्ट आउन बांकि रहेको श्रेष्ठले बताए ।
आगामि वार्षिक कार्यक्रममा नगरपालिकाको नगर अस्पताल स्थापना गर्न र आफ्नै अक्सिजन प्लान्ट निर्माण गर्न विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसंग सहकार्यका लागि आह्वान गर्ने समेत निर्णय भएको छ ।
उक्त वैठकले कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कार्यमा खटिने कर्मचारीहरुलाई कार्य प्रकृति र त्यसको जोखिमलाई मध्यनजर गरि शुरु तलब स्केलमा २५% देखी १००% सम्म जोखिम भत्ता उपलब्ध गराउने भएको छ ।
नगरपालिकाले विपद्जन्य प्रतिकार्य योजना तयार गरि गत वर्षको बाढी पहिरोले घर भत्किएका ७७ जना घर परिवारलाई राहत दिने सम्बन्धमा संघीय सरकारको निर्देशिका बमोजिम तत्काल सहयोग उपलब्ध गराउने प्रकृया बारेमा सम्बन्धित निकायमा समन्वय गरि अगाडि बढाउने निर्णय भएको छ ।
आगामी आ.ब. २०७८/०७९ को वजेट तथा कार्यक्रमहरु तर्जुमा गर्ने सम्बन्धमा वडागत र नगरस्तरीय तयारीको बारेमा समिक्षा गरि आ.ब २०७६/०७७ का क्रमागत योजनाहरु लाई यसै आर्थिक वर्ष भित्र सम्पन्न गर्ने र त्यस पछि क्रमागत योजनामा उक्त आ.ब का योजनाहरु समावेस नहुने गरी आगामि वर्षको कार्यक्रम तय गर्न बजेट तथा योजना तर्जुमा समिति र पुर्बाधार विकास शाखालाई निर्देशन दिने निर्णय गरेको छ ।
साथै व्यास नगरपालिका अन्तरगतका विद्यालयको वार्षिक परिक्षाहरुको अन्तिम नतिजा २०७८ जेठ मसान्त भित्र प्रकाशन गर्ने गरि आन्तरीक परिक्षा एवं निरन्तर सिकाईको माध्यमका आधारमा मुल्याङकन हुने गरी विद्यालयहरु लाई परिचालित गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने निर्णय भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?