चितवनमा करेन्ट लागेर देवघाटका एक जनाको मृत्यु

चितवन :  चितवनमा नाली सफा गर्ने क्रममा करेन्ट लागेर देवघाट निवासी एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. १ आँपटारीस्थत राजमार्गमा सडक विभागमा कार्यरत तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं.५ बसन्तपुर निवासी ५५ वर्षिय भीमबहादुर थापा मगर रहेको  छ ।

सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासी करेन्ट लाग्न गई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतक मगरको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?