पत्रकार कल्याणकारी कोषमा  गौलीको  सहयोग

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना  गरेको कल्याणकारी कोषमा सहयोग आउने क्रम जारी रहेको छ ।

आज व्यास–२,दमौली निवासी कल्पना गौलीले आर्थिक सहयोग गरेकी छिन्  । गौलीलेले  महासंघ तनहुँ शाखाका  अध्यक्ष उज्वल पौडेललाई  शनिबार ५ हजार ५ रुपयाँ रकम हस्तान्तरण गरिन् ।

तनहुँकै सफल महिला उद्यमी  सहित बिभिन्न सामाजिक संघ संस्थामा समेत समाजिक अभियन्ताको रुपमा सफलता पुर्वक नेतृत्व गरेकी  गौलीले पत्रकारहरुको हितमा खर्च हुने कल्याणकारी कोषमा सहयोग गरेको  बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?