म्याग्दे : तनहुँको म्याग्दे गाउँपालिकामा यही चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान म्याग्देमा चैत २५ गतेदेखि वैशाख २९ गतेसम्म सञ्चालन गरिने छ ।
गाउँपालिकाले मंगलवार एक सूचना जारी गर्दै उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?